पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न सर्बोच्चद्वारा अस्वीकार
काठमाडौं,१६ चैत । पूर्वगृहमन्त्री रमेश लेखकलाई सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको छ।

उनकी पत्नीले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार आदेश सुनाउँदै सर्वोच्चले सरकारका नाममा कारण देखाउन मात्र भनेको छ।
सर्वोच्च अदालतले रिटमा कारण देखाउ आदेश जारी गरेको हो।
लेखकलाई रिह गर्न माग गर्दै पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै बाहिर राख्न अस्वीकार गरेको हो।
यो आदेशसँगै अब लेखकलाई प्रहरीले कम्तीमा २४ दिनसम्म हिरासतमै राखेर जेन–जी आन्दोलनमा भएको दमनको बारेमा अनुसन्धान र बयान लिन पाउने भएको छ।

