एमालेले डाक्यो सचिवालय बैठक,ओली पक्राउविरुद्ध प्रदर्शनको तयारी



काठमाडौँ,१४ चैत । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो ।

सचिव महेश बस्नेतले अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिए ।बालेन्द्र सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै उनले एमालेले संघर्षका कार्यक्रम थाल्ने र अबको योजनबारे निर्णय लिन बैठक बोलाइएको बताए ।

प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि ओलीलाई आज बिहानै गुण्डुबाट गिरफ्तार गरेको छ ।प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेले प्रदर्शन गर्ने एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि शुरू हुने प्रदर्शनमा सहभागी बनौं । कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ,’ सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले लेखका छन् ।

प्रतिक्रिया दिनुहोस्