नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं,१३ चैत । प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा उनले मध्याह्न १२ः३४ मा शपथ लिएका हुन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए ।

सातवटा शंखबाट शंखनाद गर्दै शपथ ग्रहण समारोह अघि बढेको थियो भने १०८ जना बटुकहरुद्वारा स्वस्ति बाचन गरिएको थियो । स्वस्ति बाचनलगत्तै १०८ जना भीक्षुहरुले मंगल पाठ गरेका थिए ।
उनले ईश्वर, देश र जनताको नाममा शपथ लिएका हुन् ।
त्यस लगत्तै राष्ट्रपति पौडेलले नव नियुक्त मन्त्रीहरुलाई पनि पद तथा गोपनियताको सपथ गराएका थिए।बालेन नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले, (अर्थमन्त्री),सुधन गुरुङ (गृह मन्त्री)शिशिर खनाल(परराष्ट्र मन्त्री)
सुनिल लम्साल(भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री)विराजभक्त श्रेष्ठ,(ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री)
खड्कराज पौडेल (गनेश)(पर्यटनमन्त्री)सस्मित पोखरेल(शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री)निशा मेहता(स्वास्थ्य तथा जनसंख्या मन्त्री),विक्रम तिमिल्सिना(सञ्चारमन्त्री)
प्रतिभा रावल(सामान्य प्रशासन मन्त्री)दीपक साह महोत्तरी( श्रम रोजगार मन्त्री)सोविता गौतम(कानुन मन्त्री)गीता चौधरी कृषि तथा (पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री)
सीता वादी (महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री) नियुक्त भएका छन् ।

