बिपिनको निर्देशनमा ‘यो केटि साह्रै राम्री छे’ सार्वजनिक
काठमाडौं,६ चैत ।नेपाली सांगीतिक क्षेत्रमा विशेष:त म्युजिक कम्पोजर/एरेन्जर को उत्कृष्ट पहिचान स्थापित गराइसकेका संगीतकार तथा सर्जक बिपिन आचार्य बिगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सकृय छ्न् ।

उनले म्युजिक गरेका,एरेन्ज गरेका र शब्द सिर्जना गरेका धेरै भन्दा धेरै गीतहरूले नेपाली सांगीतिक बजारमा दर्शक श्रोताको माया र लोकप्रियता बटुल्दै लोकप्रिय बनिसकेका छ्न् ।
काठमाडौको सामाखुसी स्थित आफ्नै एमबी रेकर्डिङ स्टुडियो समेत संन्चालन गर्दै आएका आचार्यले आफ्नो सांगीतिक पहिचानमा पछिल्लो समय म्युजिक भिडियो निर्देशकको पनि परिचय थपेका छ्न् उसो त केही गीतहरूमा यश अगाडि नै पनि उनले केही म्युजिक भिडियो निर्देशन गरिसकेका छ्न् ।
भर्खरै मात्र उनै बिपिन आचार्यको शब्द ,संगीत एरेन्ज र निर्देशनमा तयार भएको नयाँ गीत ” यो केटि साह्रै राम्री” सार्वजनिक भएको छ । गीतमा होमन रेग्मी र माण्डवी त्रीपाठीको स्वर छ भने गीतको म्युजिक भिडियोमा रवि कार्की र आस्विनी शाहीको अभिनय देख्न पाइन्छ । गीतको म्युजिक भिडियो रवि कार्किले कोरियोग्राफी गरेका छ्न भने निर्देशनमा असिस्टेन्ट भएर मनदिप रानाले बिपिन लाई सघाएका छ्न् ।
दिपेन बस्नेतको छायांकन र सम्पादनमा तयार भएको यस म्युजिक भिडियो को सहयोगी छायांकार कुशल कार्की हुन । अडियो उत्पादन सबै आचार्य स्वयंले संचालन गरेको एम बि रेकर्डिङ स्टुडियोमा भएको हो ।
नितु रेग्मिको प्रस्तुतिमा रहेको यश गीतलाई Rhythm Homan R युटुब च्यानल बाट हेर्न पाइन्छ ।

