प्रतिनिधि सभामा सोलुखुम्बुबाट तीन जनाको प्रतिनिधित्व हुने
सोलुखुम्बु,१ चैत । प्रतिनिधि सभाको आगामी कार्यकालमा सोलुखुम्बु जिल्लाबाट तीन जना सांसदको प्रतिनिधित्व हुने भएको छ।प्रत्यक्ष निर्बाचनतर्फबाट नेपाली कांग्रेसकै उम्मेदवार प्रकाशसिंह कार्कीले बिजय प्राप्त गरेको सोलुखुम्बुबाट समानुपातिक तर्फका दुई उम्मेदवार पनि प्रतिनिधि सभा सदस्यमा सिफारिस भएपछि एकमात्र निर्बाचन क्षेत्र भएको सोलुखुम्बुबाट प्रतिनिधिसभामा तीन जनाको प्रतिनिधित्व हुने भएको हो।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले समानुपातिक तर्फ उम्मेदवार रहेका सोलुखुम्बुका रिना उप्रेती र गीता गुरुङसहित २० जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिश गरेको हो । सिफारिस भएकी उप्रेती पूर्बमन्त्री बलबहादुर केसीकि पत्नी र गुरुङ नेबिसंघकि केन्द्रीय सदस्य हुन्।उप्रेती खस आर्य र गुरुङ आदिवासी जनजाति कोटाबाट सिफारिस भएकी हुन् ।
कांग्रेसले खसआर्य कोटाबाट सुशीला ढकाल,रुक्मिणीदेवी कोइराला, , सीता थपलिया,गंगा शाही र अर्जुननरसिंह केसी तथा आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा,सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बेको नाम सिफारिश गरेकोको छ ।
यस्तै, मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र डा. चन्द्रमोहन यादवको नाम सिफारिश भएको छ । दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली रहेका छन् । यस्तै, थारूबा प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट शाहजान खातुनको नाम सिफारिश भएको छ ।

