रास्वपा र एमालेले निर्वाचन आयोगमा बुझाए समानुपातिक सांसदको नामावली
काठमाडौं,१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । आइतबार (चैत १) रास्वपाका नेताहरूले सचिवालय बैठकबाट चयन गरिएको नामावली अयोगमा बुझाएका हुन् ।

रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ । सचिवालय बैठकबाट खसआर्य १७, जनजाति १६, दलिततर्फ आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरबाट चारजनाको नाम टुंगो लगाइएको थियो । सोही नाम बुझाइएको आयोगले जनाएको छ । यसमध्ये ४८ महिला छन् ।
समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची बुझाउन दलहरूलाई आयोगले आजसम्मको समय दिएको छ । दलहरूले यसअघि आयोगमा बुझाएको सामानुपातिक उमेदवारको बन्दसूचीबाट निर्वाचित हुनेको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
उता,एमालेले पनि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ।शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने १६ जनाको सांसदको नाम टुंगो लगाएको थियो ।
एमाले नेता निरज आचार्यसहितका नेताहरूले आज निर्वाचन आयोगमा पुगे ती नामसहितको सूची बुझाएका हुन् । निर्वाचन आयोगले आजसम्मका डेट लाइन दिएर दलहरूलाई समानुपातिक सूची बुझाउन भनेको थियो ।

