बालेन नेतृत्वको सरकारप्रति जनताको अपेक्षा
-
- प्रमिला पाण्डे थापा

यतिबेला सबैभन्दा बढी चर्चा हालै सम्पन्न प्रतिनिधि सभा निर्बाचनको छ । निर्बाचनबाट अपत्यारिलो र आश्चर्यजनक परिणाम आएको छ । जनताले परिवर्तन चाहेका छन् भन्ने कुरा यो निर्बाचनले पुष्टि गरेको कुरामा कुनै शंका छैन ।
- प्रमिला पाण्डे थापा
यो मुलुकलाई दीर्घकालीन सोच भएको स्वप्नद्रष्टा नेता चाहिएको छ । बालेन शाहको काठमाडौं महानगर प्रमुख हुँदा गरेका कामका कारण बढेको वहाँको लोकप्रियताले कहिले नदेखेको,नामै नसुनेको र नचिनेको व्यक्तिहरू पनि चुनावमा भाग लिएर रास्वपाबाट निर्वाचित भएका छन्। उनीहरुले आगामी दिनमा राम्रो काम गर्छन भन्ने अपेक्षा नेपाली जनताको छ । अब बन्ने सरकार जो निष्पक्षरुपले यो देशको धर्म संस्कृतिलाई संरक्षण र संस्कारप्रति सम्मान, शान्तिसुरक्षा, अन्याय परेकालाई न्याय,आवश्यकताको पहिचान र मूल्याङ्कन, देशको सम्पदा संरक्षण,भ्रष्टाचार र महँगी नियन्त्रण,शैक्षिक स्तरमा सुधार,पर्यटन प्रबर्द्धन र पूर्बाधार बिकासमा उल्लेखनीय प्रगति गर्नुपर्ने छ ।अपराधी र बलात्कारी लाई फाँसी दिने नियम,नेपाली जनताहरूको दुःख सुख बुझेर काम गर्ने र सबैलाई समेटेर लाने बालेन शाहको सरकारको अबको दायित्व हो।

बालेन शाहको यस अघिको कार्यशैलीबाट प्रभावित भएर जनताले रास्वपालाई साथ र समर्थन दिएका हुन्। राष्ट्रलाई माया र प्रगति गर्नुपर्छ भन्ने भावना लिएर हिडेका कतिपय राजनीतिज्ञहरु पराजित हुँदा जनताहरु दुखित पनि छन् । भाषणमा मात्र सिमित नभएर काम गरेर देखाउने राजनीतिको नेतृत्व गर्न जान्नेहरु राजेन्द्र लिङदेन,रेणु दाहाल,कुलमान घिसिङ,रवीन्द्र मिश्र,चन्द्र भण्डारी,दिपकमान सिंह सुनिल शर्मा, विजय स्वार,स्वागत नेपाल,कुन्ती पोखरेल, भिम रावल जस्ता व्यक्तिहरू सबै नेपालीहरूको माया साथ पाएका नेताहरू हुन्। तर विडम्बना राम्रो काम गर्नेलाई नचिॅदा नराम्रो सबै लाई लागेको छ। स्वच्छ भावना, देशप्रति बफादार र धर्म-संस्कृतिप्रती चिन्तित ब्यक्तिहरुलाई समेटेर अघि बढेको खण्डमा बालेन सरकार सफल हुने निश्चित छ ।
बत्तीसपुतली,धोबीखोला

