तीन मुक्तक



*रन्जु खत्री
(१)
दु:ख गरि जीवन काटेकी छु मैले
आँसु सँगै हासाे साटेकी छु मैले
तिम्ले अब साथ नदिए पनि त
अघि बढ्दै छु केही आटेकी छु मैले
(२)
आँखाकाे इसाराले नबाेलाउ डर लाग्छ है
बिहेपछि माया गर्न पनि सधैं जसाे कर लाग्छ है
तिम्रा ती नयनमा आँसु नहाेस कहिल्यै पनि हेर
तिमी सँगै हुन्छु जीवनभरि अब म भर लाग्छ है
(३)
देश राेइरहेछ यहाँ सम्हाल्ने काेहि भएन
नेपाली अामाकाे मन पगाल्ने केाहि भएन
जताततै अशान्तिकाे अागाे मात्र बल्छ
जिम्मेवारीसँगै पीडा अङ्गाल्ने काेहि भएन
*सुन्दरहरैचा,माेरङ

प्रतिक्रिया दिनुहोस्