गजल



* सुरेश बैद्य

कसरी यो जिन्दगी काटुँ
को संग पो मन म साटुँ।।
सबैलाइ थाहा छ कहांनी
खै क-कस्लाइ म ढाँटु।।
आफै संग हारेको मान्छे
तिमी नै भन कसरी आटुँ।।
सिउन बाँकी ठुप्रै ठाउँ छ
भैगो अब अरु न फाटुं ।।
आफ्नै संग के दुश्मनी
उस्को इज्जत भो न च्यातुँ ।।

* काठमाडौ

प्रतिक्रिया दिनुहोस्