धादिङको त्रिपुरासुन्दरी गाउँपालिकालाई मेडिकल सामाग्री हस्तान्तरण



धादिङ ,भाद्र १८

सिड्स,  नेपाल र युएमएन धादिङले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकालाई मेडिकल सामाग्री हस्तान्तरण गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकालाई कोरोनाको उपचार र व्यवस्थापनका लागि आवश्यक सर्जिकल बेड ११ थान सहित पिपिई सेट र माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा सँघिय साँसद खेम प्रसाद लोहनी, गाउँपालिका अध्यक्ष शम्भु थापा, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ईटनी, स्वास्थ्य सँयोजक ज्ञान बहादुर श्रेष्ठ, वडा अध्यक्ष कृष्ण बहादुर खत्री, सिड्स नेपालका अध्यक्ष माधव खतिवडा, सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, युवा व्यवसायी शिव ओझा, जनजागृती माध्यमिक विद्यालयका सह प्रधानाध्यापक रामचन्द्र रुपाखेती, जिल्ला युवा परिषदका हरि थापा लगायतको उपस्थिती रहेको थियो ।  (नागरिक पाटीबाट साभार)

प्रतिक्रिया दिनुहोस्