खुम्बु पासाङल्हामु : छुट्टाछुट्टै दुई युवा समूह गठन
खगिन्द्रराज बास्तोला
सोलुखुम्बु, १८ भाद्र । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ र ३ का युवाहरु संगठित भएका छन।
छुट्टाछुट्टै भेलाको आयोजनामार्फत पालिका २ र ३ भित्रका ठाडोकोसी, नाचिपाङ, छेप्लुङ, क्याङ्मा, चौरीखर्क, मुसे, नाक्चुङ र स्याङ्मा तातेका युबाहरुले वडा न. २ कुसुम खाङ्करु युवा समूह र वडा न. ३ मा फरी युवा समूह गठन गरिएको हो ।
नवगठित कुसुम खाङ्करु युवा समूहको अध्यक्षमा ङवाङ पाल्जोर शेर्पा र फरी युवा समूहको अध्यक्ष मा फूर्वा ग्याल्जेन शेर्पा रहनुभएको छ भने दुवै समूह १७/१७ सदस्यीय रहेको वडा न. ३ का वडा अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।
भेलामा खुम्बु पासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासिल्हामु शेर्पा, वडा न. २ का अध्यक्ष आङफूर्वा शेर्पा, वडा न. का अध्यक्ष मिङ्मा छिरी शेर्पाको वडा न. २ र ३ का वडा सदस्यहरुको उपस्तिथिमा उपस्थिति रहेको थियो ।
युवाहरुलाई संगठित र सशक्तीकरण गरी युवा लक्ष्यित कार्यक्रम सन्चालन गर्ने गराउने उद्देश्यकासाथ गठन गरिएको युवा क्लब गठन तथा कोभिड-१९ जोखिम न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रमको सहजीकरण चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाले गर्नुभएको थियो ।




