गजल

बिष्णु ढुंगेल (माइकल)

सबैले हिड्नै पर्ने बाटो हो छोरी ।
सृष्टिको अनमोल पाटो हो छोरी ।
दमन निषेध र अत्याचार सहने,
एसिडले पोलेको खाटो हो छोरी ।
संस्कार र सभ्यताको पर्याय भै,
गृहस्थ सजाउने माटो हो छोरी ।
मृत भा’को न्यायिक अदालतमा,
बेलनाले पेलिने आटो हो छोरी ।
प्रसवको पीडामा मरेर बाँच्ने,
रगतको अमिट टाटो हो छोरी ।
नेचासल्यान-३, सोलुखुम्बु

