सिटीइभिटीबाट सम्बन्धन प्राप्त १३७ कलेज खारेज, अब अनमी तथा सीएमए पढ्न नपाइने



,काठमाडौं,१० भाद्र।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग सम्बन्धन लिएर सञ्चालित अनमी तथा सिएमए कार्यक्रम खारेज भएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक एसएलसी सरहका यी कार्यक्रम रद्द गरेको हो ।

आयोगको साउन ३० गते बसेको बैठकले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो ।

ऐनकै व्यवस्थाअनुसार सिटिइभिटीले चलाउँदै आएको प्रमाणपत्र तहमुनिका स्वास्थ्य विषयका कार्यक्रममा यस वर्षदेखि भर्ना लिन नपाउने निर्णय गरिएको आयोगले जनाएको​ छ ।

आयोगको यो निर्णयसँगै अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायत २३८ विषय पढाउने १३७ कलेजको सम्बन्धन खारेज भएको छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको पिसिएल नर्सिङमा पनि वर्षदेखि भर्ना लिन नपाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्