दक्षिण कोरियामा शेर्पा संघले मनायो ग्लाल्पो लोसार



दावा जाङ्बु शेर्पा,काठमाडौं।शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्षा (सलनाल)को अवसरमा २१५२ औं स्यिङ मो डुल् लो ग्याल्पो लोसार कार्यक्रम सम्पन्न गरेको छ ।

‘शेर्पा समुदायको मौलिक भाषा धर्म र संस्कृतिलाई संवर्द्धन तथा प्रवर्द्धन गरौँ,समाजिक मूल्य र मान्यतामा आधारित सभ्य र शान्तिपूर्ण समाज निर्माण गरौँ’ भन्ने नाराका त्यहाँ क्रियाशिल संघ–संस्था र नेपालीबीच एकता समन्वय र सद्भाव बढाउन शुभकामना आदान–प्रदान गर्दै सो कार्यक्रम सम्पन्न गरेको हो।

दक्षिण कोरियाको राजधानी सौल स्थित पानोरामा बुफेमा २९ जनवरीमा सम्पन्न औपचारिक कार्यक्रमको सभापतित्व दोर्ची शेर्पाले गरेका थिए भने दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फे प्रमुख अतिथि थिइन।

आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, दक्षिण कोरिया एन.सि.सी का बरिस्ठ उपाध्यक्ष हर्क बिष्ट,गैरआवसीय नेपाली संघ कोरियाका अध्यक्ष बुद्धि गुरूङ लगायत बिभिन्न जातीय,क्षेत्रीय,राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमका बक्ताहरुले ग्याल्बो ल्होसार नेपालीहरुको राष्टिय पर्व रहेकोले सबै नेपालीले मिलेर मनाउनु पर्ने धारणा व्यक्त गरेका थिए। । प्रवासी भूमिमै भए पनि शेर्पा संघले विशेष आफ्नो मौलिक पर्वको संरक्षण र बिकास गर्न कार्यक्रम आयोजना गरेकोमा खुलेर प्रसंशा गर्दै उनीहरूले आगामी दिनहरुमा संघको थप प्रगति को कामना गरेका थिए।

कार्यक्रममा स्याब्रु नृत्यका अलावा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसंगै Dj AP तेन्जिङ शेर्पाले बिभिन्न चर्चित रिमिक्स गीतहरु बजाएर दर्शकहरुलाई नचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्