व्यापारीमा संक्रमण देखिएपछि विशाल बजार क्षेत्रका पसल बन्द



काठमाडौँ । काठमाडौँको प्रमुख व्यापारी केन्द्र जुद्धसडकस्थित विशाल बजार क्षेत्रमा कामपाका कर्मचारी कीटनाशक औषधि छर्कँदै । यस क्षेत्रका व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि त्यस स्थानमा रहेका पसल भदौ ७ गतेसम्मका लागि बन्द गरिएको छ । व्यापारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि विशाल बजार क्षेत्रका पसलहरू बन्द भएका छन्। बिहीबार विशाल बजार क्षेत्रका दुई जना व्यापारीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-२४ले सूचना जारी गर्दै शुक्रबारदेखि भदौ ७ बजेसम्मका लागि पसलहरू बन्द गर्न आग्रह गरेको छ। हाल विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरू बन्द छन्। न्युरोडका केही पसलहरू समेत बन्द गरिएको छ।

शुक्रबार महानगरपालिकाले कीटनाशक औषधि समेत छर्किएको छ। ‘हामीले नेपाल सरकारले भने अनुसारको रेष्टुरेन्टमा टेक अवे, होटल, शैलुन, जिम लगायतका पसलहरू बन्द गर्न लगाएका छौं,’जनसेवा काठमाडौंका डिएसपी सुनिलजंग शाहले भने,’वडाले आग्रह गरेको हो। हामीले भन्दा पनि व्यापारीहरूले आफैं बुझेर सुरक्षित हुन खोजेको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्