सीआईबीमा मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने पत्रकार पक्राउ
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)को मुद्दा ढुस (रद्द) बनाइदिने भन्दै ठगी गरेको आरोपमा आलोचना साप्ताहिकका पत्रकार शंकरप्रसाद अधिकारीलाई सीआईवीले पक्राउ गरेको छ । मुद्दा हेर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले ५ लाख दिएमा मुद्दा ढुस बनाइदिने भन्दै ५ लाख ठगी गरेको आरोपमा पत्रकार बताउने धादिङ नीलकण्ठ नगरपालिका– १४ घर भई तारकेश्वर नगरपालिका– ११ नेपालटार बस्ने शंकरप्रसाद अधिकारीलाई काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शहकुल थापाले जनाकारी दिए ।


