६ बर्षीया बालिकालाई करणी गरेको अभियोगमा ओखलढुंगाका एक युबा पक्राउ

ओखलढुंगा, २१ असार । जिल्लाको जिशंखुगढी गाउँपालिका ठुलिबेंशीका एक युबा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १९ वर्षीय लोकराज अधिकारी छन। अधिकारीले चकलेट दिने प्रलोभन देखाएर ६ वर्षीया बालिकालाई सोमबार जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।अधिकारीलाई जिल्ला प्रहरी कार्याल ओखलढुङगा र प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

