काठमाडौंमा थपिए ४८ संक्रमित, जम्मा संख्या ५३६ पुग्यो

काठमाडौं, १५ साउन ।बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्लामा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१ भक्तपुरमा ५ र ललितपुरमा २ जना गरी ४८ जनामा संक्रमण देखिएको हो। बिहीबार थपिएका ४५ जनासहित उपत्यकामा संक्रमितको संख्या ५३६ पुगेको छ। काठमाडौंमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या ३९१ ललितपुरमा ९२ र भक्तपुरमा ५६ पुगेकोछ। बुधबार देशभर २७४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या १९ हजार ५४७ पुगेको छ।


