कोरोनाका कारण एकै दिन तीनको मृत्यु, मृत्यु हुनेको संख्या ५२ पुग्यो



काठमाडौं, १४ साउन । वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५१ पुगेको छ । वीरगञ्ज रोधमाई वडा नं ७ का ६८ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । निमोनिया भएपछि उनी साउन ८ गते भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले बताए ।

उनका अनुसार उनी मुटुका रोगी थिए । उनको बुधबार बिहान पौने ११ बजे मृत्यु भएको हो । यस्तै, नेशनल मेडिकल कलेजमा उपचाररत वीरगञ्जका ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झाडापखालाको समस्या देखिएपनि उनी उपचारका लागि गएराति अस्पताल भर्ना भएका थिए । आईसियुमा उपचाररत उनको बुधबार बिहान ३ बजे मृत्यु भएको थियो । उनको केही बेर अघि मात्र आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको मेसु उपाध्यायले बताए । उनका अनुसार ती व्यक्ति मर्गौलाका रोगी थिए । उता धरानको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत बिराटनगरका ४५ बर्षीय पुरुषको पनि बुधबारै मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्