भरुवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामानसहित एक जना पक्राउ

बाँके।डुडुवा गाउँपालिका-६ शिख्नपुर वा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिखलाई भरुवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामानसहित प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भरुवा बन्दुक बनाउन प्रयोग हुने सामानहर रहेको भन्ने सचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले मंगलबार साँझ घर तलासी गर्दा भरूवा बन्दुकको नाल-१ थान,बनाउँदै गरेको भरुवा बन्दुकको चित्र भएको काठ-२ थान, भरुवा बन्दुक बनाउन प्रयोग हुने नाल-४ थान,फलामको गज १ थान,छर्रा,बारदर जंगली जनावरको खोपडी सहितको सिङ-१ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।
उता,राप्ति सोनारी गाउँपालिका-४ कुम्भरस्थित कुम्भरदेखि बासखोली जाने बाटोबाट भरूवा बन्दुक २ थान,सोही बन्दुकमा प्रयोग हुने बारूद र छर्रा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बैजापुर बाँके समेतबाट खटिएको संयुक्त टोलीले गस्ती गर्दै जानेक्रममा उक्त हातहतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

