नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालक पक्राउ,पाँच बालिकाको उद्दार




काठमाडौं।नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभयोगमा २ जना गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालकिा-३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका-४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन्।

खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उता, १५ वर्षीया कशोरीलाई जबरर्जस्ती करणी गरेको अभियोगमा रोल्पा सुनलि स्मृर्ता गाउँपालकिा-४ कोईरालखर्क बस्ने २१ वर्षीय सरोज बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

सरोजले ती कसोरीलाई स्वर्गद्वारी नगरपालकिा-२ हाम्‌जास्थित धौलागिरी सामुदायिक वनमा गत साउन ७ गते साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट खाल र जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गररिहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्