‘हेर्ने कथा’ बाट सार्बजनिक भएका प्रकाश तामाङको नागरिकता बनाउन प्रधानमन्त्री ओलीको पहल



काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले भोजपुरका प्रकाश तामाङको नागरिकता बनाउन सहजीकरण गर्न निर्देशन दिएका छन् ।

बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले गएराति गृहसचिव एक नारायण अर्याललाई बोलाएर’हेर्ने कथा’बाट सार्वजनिक भएका पात्र तामाङको नागरिकता बनाउन सहजीकरण गर्न निर्देशन दिएको जानकारी गराएका छन्।

गृहसचिव अर्यालले प्रकाशलाई दुई/चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउने बताएको प्रधानमन्त्री ओलीले बताएका छन् । ओलीले नागरिकता बनेपछि बैंक खाता खोल्न र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्