निमित्त मुख्य सचिवको जिम्मेवारी गड्तौलालाई



काठमाडौं।सरकारले सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिएको छ्।

मुख्य सचिव डा.वैकुण्ठ अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकी सचिव गड्तौलालाई सरकारले मुख्य निमित्त मुख्य सचिबको जिम्मेवारी दिएको हो।

अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्