जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ



काठमाडौं।१९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जैसवालले ती महिलालाई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ। (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्