एमाले सोलुखुम्बुले सक्यो खुम्बु पासाङल्हामूबाहेक सात पालिका कमिटीको अधिबेशन,को चुनिए पदाधिकारी ?



सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुले जिल्लाका ८ मध्ये ७ वटा पालिका कमिटीको अधिबेशन सम्पन्न गरेको छ।जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिका बाहेक अन्य पालिका कमिटीको अधिबेशन सम्पन्न भएको जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

जेठ ५ गते नेचासल्यानबाट सुरु भएको एमाले पालिका कमिटीको दोश्रो अधिबेशन ३० गते लिखुपिके पुगेर सम्पन्न भएको थियो।नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर कुमार अधिकारीको प्रमुख आतिथ्यतामा ७ वटै पालिका अधिबेशन सम्पन्न भएको हो।कोशी प्रदेश कमिटी सदस्य एबम् संघीय इन्चार्ज महेश किरांँती,कोशी प्रदेश राज्यमन्त्री एबम् प्रदेश कमिटी सदस्य उत्तमकुमार बस्नेत,जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला र अन्य जिल्ला नेताहरूको आतिथ्यमा सम्पन्न अधिबेशनले सोताङ र माप्यदुधकोशी पालिका कमिटी अध्यक्षबाहेक अन्यत्र सर्बसम्मतिमा पदाधिकारी र सदस्यहरु चयन गरेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ।

जिल्ला कमिटी इन्चार्ज अधिकारीका अनुसार एमालेले जेठ ६ गते नेचासल्यान,२१ गते माप्यदुधकोशी,२४ गते थुलुङ दुधकोशी,२५ गते सोलुदुधकुण्ड नगरपालिका,२६ गते महाकुलुङ,२७ गते सोताङ र ३० गते लिखुपिके पालिका कमिटीको अधिबेशन भएको थियो।

अधिबेशनले नेचासल्यान गाउँपालिका कमिटीमा ओमप्रसाद बास्तोलाको अध्यक्षतामा ५९ सदस्यीय कमिटी सर्बसम्मत चयन गरेको थियो।कमिटीको उपाध्यक्षमा कोषराज निरौला,सचिबमा देशबहादुर (देवकी)थुलुङ,र उपसचिवद्वयमा मिनकुमारी राई र सन्तोष मगर छन्।

यस्तै,माप्यदुधकोशी गाउँपालिका अध्यक्षमा निर्बाचनमार्फत दिनेश कुमार राई अध्यक्ष निर्बाचित भएका छन्।कमिटीको उपाध्यक्षमा भुपाल रेग्मी मगर,सचिवमा निर्मल मगर,
उप सचिवद्वयमा कुमार राई र
माया देवी राई छन्।

सोलुदुधकुण्ड नगर अध्यक्षमा दीपक राजभण्डारी सर्बसम्मत भए।३९ सदस्यीय कमिटीको उपाध्यक्षमा मिङमार छिरी शेर्पा,सचिबमा दाडोमा शेर्पा र उपसचिवद्वयमा आङकामी शेर्पा र मीना थापा मगर चयन भएको सो पार्टीले जनाएको छ।

थुलुङ दुधकोशी गाउँपालिकामा भूपालसिं राईको अध्यक्षतामा २५ सदस्यीय कमिटी सर्बसम्मत चयन भएको छ।कमिटीमा भूपध्वज राई उपाध्यक्ष,तेञ्जी शेर्पा सचिब र देवचन्द्र राई तथा निरुता राई उपसचिव छन्।

त्यसैगरी, सोताङ गाउँपालिका कमिटीको अध्यक्ष पदका लागि निर्बाचन भएको थियो।निर्बाचनबाट धनकुमार बिश्वकर्मा अध्यक्ष निर्बाचित भए।कमिटीको उपाध्यक्षमा चन्द्र बहादुर बस्नेत,सचिब मिलन नाछिरिङ,उपसचिवद्वयमा अञ्जुला नाछिरिङ र लवकुमार राई छन्।कमिटी ३१ सदस्यीय रहेको बताइएको छ।

उता,महाकुलुङ गाउँपालिकामा ४१ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन भएको छ।कमिटीको अध्यक्षमा अजय ठटाल,उपाध्यक्षमा दीपक कुलुङ,सचिब उषा किराँती, उपसचिवद्वयमा पार्वती कुलुङ र नविना कुलुङ छन्।

लिखुपिके गाउँपालिका कमिटीको अध्यक्षमा हिक्मत बहादुर बस्नेत चयन भएका छन्।गेल्वुछिरी शेर्पा उपाध्यक्ष,तेजबहादुर बस्नेत सचिब,चुलबहादुर कार्की र प्रेमकुमारी कार्की उपसचिब रहेको सो पालिका कमिटी ३९ सदस्यीय छ।

बांकी रहेको खुम्बु पासाङ ल्हामूमा भने पालिका कमिटीको अधिबेशनका लागि अझै मिति तय भएको छैन।मिति तय गरेर सो गाउँपालिका कमिटी अधिबेशन पनि छिट्टै गरिने जिल्ला कमिटी अध्यक्ष बास्तोलाले बताए।

प्रतिक्रिया दिनुहोस्