मकवानपुरमा एकसय किलो अवैध लागूऔषध गाँजा बरामद
मकवानपुर।मकवानपुर प्रहरीले ठुलो मात्रामा अबैध गाँजा बरामद गरेको छ।

प्रहरीले थाहा नगरपालिका ७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम अवैध लागूऔषध गाँजा शुक्रबार बिहान बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय पालुङबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ ना. २० प १८६७ र प्रदेश ३-०२-०१२ प १५९२ नम्बरको मोटरसाइकमा सवार अपरिचित व्यक्तिहरूले मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकलमा रहेको २ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

