कार र बस ठोकिंदा चितवनमा १७ जना घाइते
काठमाडौं । चितवनमा भएको सवारी दुर्घटनामा १७ जना घाइते भएका छन् । नेपालगंजबाट काठमाडौं आउदै गरेको बस र चितवन जाँदै गरेको कार ठोक्किँदा १७ जना घाइते भएका हुन् ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ फिस्लिङमा भएको दुर्घटनामा कारमा सवार ५ जना र बसका १२ यात्रु घाइते भएको बताईएको छ।कारसंग ठोक्किएको बस त्रिशुली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनीहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।

