आमालाई बलात्कार गर्ने छोरो पक्राउ !



बैतडी, ३१ असार ।जिल्लाको पुर्चौडी नगरपालिका–१० मा आफ्नै आमालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ६१ वर्षीया आमालाई जबर्जस्ती करणी गरेको आरोपमा उनका ३२ वर्षीय छोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार घरमै जबर्जस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबर्जस्ती करणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा फेलापरेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जैसीले बताउनुभयो ।

आमालाई बलात्कार गरी विषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्