माप्यदुधकोशीको अध्यक्षका लागि डबलसिंह र दिनेश राईको भीडन्त,अन्य पदाधिकारी तथा सदस्य सर्बसम्मत
सोलुखुम्बु।नेपाल कम्युनिष्ट पार्टी (एमाले)माप्यदुधकोशी गाउँपालिका कमिटीको अध्यक्ष पदका लागि निर्बाचन हुने भएको छ।

हिंजोबाट सुरु गाउँपालिका कमिटीको दोश्रो अधिबेशनका क्रममा नेतृत्व चयनका लागि अन्य पदमा सर्बसम्मत भएपनि अध्यक्षमा डबलसिंह राई र दिनेश कुमार राईले दावी नछोडेपछि अध्यक्ष पदमा आज निर्बाचन हुन लागेको जिल्ला कमिटी सदस्य एबम् प्रचार बिभाग प्रमुख नुतन श्रेष्ठले जानकारी दिए।निर्बाचनका लागि अन्तिम नामावली प्रकाशनसंगै अन्य तयारी समेत पुरा गरिएको निर्बाचन आयोगले जनाएको छ ।
४३ सदस्यीय कमिटीको उपाध्यक्षमा,भुपाल रेग्मी मगर,सचिबमा निर्मल मगर,उपसचिवमा कुमार राई,महिला उपसचिवमा माया देवी खालिङ सर्बसम्मत निर्बाचित भएका छन्।
सदस्यतर्फ भौगोलिक क्षेत्रबाट कबिरधन राई,रामकाजी राई,मनकुमारी राई,निमकुमार मगर,कुमार राई आनन्द
विमला राई मगर,जोरधन राई,सतमाया राई,याकर राई,लामादण्डी तामाङ सप्तमान तामाङ,नरबहादुर मगर,महिला सदस्यद्वयमा दिलमाया राई,पेमाडोमा शेर्पा,आदिवासी जनजाति सदस्यमा,गणेशबहादुर मगर,युवा सदस्यद्वयमा सन्तोष रेग्मी मगर,साङगे गई,दलित सदस्यमा सोमकुमार लामकाधें,बिपवहादुर विक छन्।
यसैगरी लेखा प्रमुखमा फुरतेन्जी शेर्पा,सचिबमा चन्द्रबहादुर राई र सदस्यहरुमा गणेशबहादर राई,बलबहादुर रेग्मी मगर,दलबहादुर राई
मनोज राई,अमित राई सर्बसम्म्मत निर्बाचित भएको आयोगले जनाएको छ।
अधिबेशनको उद्घाटन नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीले सोमबार गरेका थिए।

