नेउबा महासंघ स् ढकालले गरे प्यानल सहितको उम्मेदवारी घोषणा
काठमाडौं, ३० असार । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। ढकालले मंगलबार बालुवाटारमा एक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।

ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ रामचन्द्र संघाई, जिल्ला नगर उपाध्यक्षतर्फ गुणनिधि तिवारीले पनि उम्मेदवारी घोषणा गरेका छन्।
कार्यक्रममा उनले अर्को प्यानलका साथीहरुले सबै व्यवसायीको हित गर्न नसक्ने दाबी गरे। उनले भने, ‘पहिले पनि व्यवसायीका समस्या समाधान गरेको हामीले नै हो र अब पनि हामीले नै गर्नेछौँ।’
महासंघको निर्वाचन आगामी साउन २५ र २६ गतेका लागि तय भएको छ। महासंघको अध्यक्षमा शेखर गोल्छा विधानतः अध्यक्ष निश्चित भइसकेको छ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ।

