थुलुङ दुधकोशीको बेरुजु रकम एक प्रतिशत भन्दा कम
सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले बेरुजु रकम यस वर्ष १ प्रतिशत भन्दा कममा झार्न सफल भएको छ।

सोमबार सार्बजनिक महालेखा परीक्षकको प्रतिबेदनमा उल्लेख भए अनुसार थुलुङ दुधकोशी गाउँपालिकाले गत वर्षको तुलनामा बेरुजु रकम घटाउन सफल भएको हो। यस वर्ष थुलुङ दुधकोशीको बेरुजु रकम ०.७९ प्रतिशतमा झरेको छ।
गत वर्ष भने यो गाउँपालिकाको बेरुजु ३.८१ प्रतिशत रहेको थियो। यस वर्ष सोलुदुधकुण्ड नगरपालिकाको बेरुजु पनि एक प्रतिशत भन्दा कम अर्थात ०.१४ छ।
बेरुजु रकम कम गर्न जिल्लाका अन्य पालिकाहरुले भने खासै सकेका छैनन्।जिल्लाको लिखुपिके गाउँपालिकाको सबैभन्दा बढी ४.६८ प्रतिशत, खुम्बु पासाङल्हामु गाउँपालिकाको २.८६ प्रतिशत, माप्य दुधकोशी गाउँपालिकाको ३.५० प्रतिशत, महाकुलुङको २.६९ प्रतिशत र नेचासल्यानको २.२५ प्रतिशत बेरुजु रहेको प्रतिबेदनमा उल्लेख छ।

