स्याङ्जामा पहिरोमा परि एक जनाको घटनास्थलमै मृत्यु दुइ जना घाइते, तीन जना बेपत्ता
काठमाडौ ३० असार । स्याङ्जाको काली गण्डकी गाउँपालिका ४ खहरेमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेका करिब ७० वर्षीय इमानसिंह राना रहेको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए।
पहिरोमा परेका बिर्घाकै हुमाकन्त पाण्डे र बुद्ध रानाकोउद्वार गरिएको छ। प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टीका थापा बेपत्ता रहेको वडाध्यक्ष पाण्डले जानकारी दिए। इमानसिंहको घट्ना स्थलमै मृत्यु भएको हो।
घाइतेहरु बुद्ध र हुमकान्तको बिर्घा स्वास्थ्य चौकीमा उपचार भइरहेका छ। अन्य तीन जनाको खोजी कार्य भइरहेको अध्यक्ष पाण्डेले बताए। पानी परिरहेकोले उद्धार कार्यमा कठिनाई भइरहेको उनले बताए। घाइते हुमकान्त वडा नम्बर ४ का वडा सदस्य हुन्। मृतक इमानसिं पूर्वगाविस अध्यक्ष हुन्।
गाउँमा खानेपानीको धारा नआएपछि मुलमा पुगेका उनीहरूलाई माथिबाट खसेको पहिरोले मंगलबार बिहान करिब करिब ८ बजेतिर पहिरोले पुरेको हो। घटनाबारे थप विवरण आउन बाँकी छ। उद्वार कार्य जारी रहेको वडाध्यक्ष पाण्डले बताए। फाइल फोटो


