सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

शुक्रबार धनुषा जिल्ला अदालतले थप ३ दिनको म्याद थपेको हो ।जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । यसअघि तीन दिनका लागि हिरासतमा राख्न आदेश दिइएको थियो ।

