सोलुखुम्बुमा नेपाली कांग्रेसका ११ महासमिति सदस्य निर्बिरोध निर्बाचित (नामावली सहित)



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुले जिल्लाबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्यहरु निर्बिरोध निर्बाचित गरेको छ।

महासमिति सदस्य निर्बाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिद्वारा गठित निर्बाचन समितिका अनुसार माघ १९ गते सम्पन्न महासमिति सदस्य निर्बाचनमा प्रभुराम बस्नेत,नाम्गेल जाङ्बु शेर्पा,नवीन थापा,मनोज खड्का,अशोक झा,गान्धिमाया तामाङ,गीता गुरुङ,प्रकाश कुमार बस्नेत,नातिकाजी गुरुङ,पासाङ शेर्पा,फुर्किमा शेर्पा निर्बिरोध निर्बाचित भएका हुन्।

महासमिति सदस्यमा निर्बाचित बस्नेत नेपाली कांग्रेस सोलुखुम्बुका पूर्ब पार्टी सभापति,नाम्गेल जाङ्बु बर्तमान जिल्ला पार्टी सभापतिका साथै सोलु दुधकुण्ड नगरपालिका प्रमुख हुन्।यसैगरी,नवीन र अशोक तरुण दलका केन्द्रीय सदस्य,गीता नेबिसंघ केन्द्रीय सदस्य,गान्धीमाया कोशी प्रदेश कार्यसम्पादन समिति सदस्यका साथै सोलुदूधकुण्ड नगर उपप्रमुख,पासाङ कोशी प्रदेश सदस्य,नातिकाजी पूर्ब महासमिति सदस्य र मनोज सहिद पुत्रका साथै नेपाली कांग्रेस सोलु-काठमाडौं सम्पर्क समितिका पूर्ब अध्यक्ष र प्रकाश महाधिवेशन प्रतिनिधि रहेको बताइएको छ।

निर्बाचन अधिकृत महाप्रसाद फुयालले निर्बाचन कार्यतालिका अनुसार माघ १८ गते महाधिवेशन प्रतिनिधि मध्येबाट प्रत्यक्ष तथा समाबेशी समूहका तर्फका पदका लागि मनोनयन आव्हान गरिएकोमा तोकिएको समयसीमा भित्र तोकिएको संख्यामा मात्र उम्मेदवारी दर्ता भएकाले महासमिति सदस्यहरु निर्बिरोध निर्बाचित भएको जानकारी दिए।

यसअघि महासमिति सदस्य निर्बाचन समिति संयोजकको जिम्मेवारी पाएका अधिबक्ता बिदुर लामिछानेले राजीनामा दिएपछि सो समितिमा सदस्य रहेका शिक्षक महाप्रसाद फुयाललाई नेपाली कांग्रेस सोलुखुम्बुले निर्बाचन समिति संयोजकको जिम्मेवारी तोकेको थियो।समितिले माघ १९ का लागि तोकेको थियो। निर्बाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारी दर्ताका लागि छुट्याइएको १८ गते १ बजेदेखि ४ बजेसम्मको समयमा ११ जनाको मात्रै उम्मेदवारी दर्ता भएको समितिले उल्लेख गरेको छ। तोकिएको थियो।उम्मेदवारहरुको दावी बिरोधपछि आवश्यक संख्या अनुसार नै उम्मेदवारी परेकाले निर्बाचनका सम्पूर्ण प्रक्रिया पुरा गरेर १९ गते उम्मेदवारहरुलाई निर्बिरोध घोषणा गरिएको फुयालको भनाइ छ।

फुयालका अनुसार २ महिला सहित प्रत्यक्षमा ७ जना,समाबेशी तर्फ ४ जना खस आर्यतर्फ १ जना र १ महिला सहित ३ जना महासमिति सदस्यहरु निर्बिरोध निर्बाचित भएको फुयालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्