‘जनता लुट्न पाइँदैन’ भन्दै आम जनता पार्टीले निकाल्यो र्याली
काठमाडौँ । आम जनता पार्टीले देशमा भएको भ्रष्टाचार र सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशत लुटकारी व्यवस्था खारेजीको माग गर्दै मोटरसाइकल र्याली निकालेको छ ।

आम जनता पार्टी उपत्यका समन्वय समितिले सनिवार काठमाडौँमा आयोजना गरेको मोटरसाइकल -यालीका सहभागीले ‘भ्रष्टाचारीलाई कारवाही गर, जनता लुट्न पाइँदैन, लुटकारी व्यवस्था चाहिदैन’ लगायतको नारा लगाएका थिए ।
कुपण्डोलबाट मोटरसाइकल-याली त्रिपुरेश्वर हुँदै रत्नपार्क भद्रकालीमा पुगेर कोण सभामा परिणत भएको थियो ।कोणसभालाई उपाध्यक्ष तिलक थापा,उप-महासचिव अरुण घिसिङ र केन्द्रीय सदस्य रञ्जु साहले सम्बोधन गरेका थिए ।

