दुधौलीको सिर्थौलिमा नयाँ अस्पताल निर्माण सम्पन्न,२० गते उद्घाटन गरिने



युवराज बास्तोला,सिन्धुली।सिन्धुली जिल्लाको दुधौली नगरपालिका पाँच सिर्थौलिमा नयाँ अस्पताल निर्माण सम्पन्न भएको छ।पन्ध्र शय्याको नवनिर्मित अस्पताल भवनको
माघ २० गते उद्घाटनको तयारी गरिएको
नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री पुस्पकमल दहाल (प्रचण्ड) ले
नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
संघीय सरकारको झन्डै १६ करोड लागतमा दुइतले भवन निर्माण सम्पन्न गर्न करिब तीन बर्स लागेको थियो । नवनिर्मित दुई तल्ले भवनबाट हाललाई १५ शय्याबाट सेवा बिस्तार गरि आगामी केहि बर्ष भित्र २५ शय्याको सेवा दिन सक्ने गरि योजना बनाइरहेको नगरपालिका का मेयर दिनेश अधिकारी दनुवारले बताउनुभयो ।

सिर्थौलिमा रहेको प्राथमिक स्वास्थ केन्द्रलाइ बिस्तार गरि बनाएको दुधौलिको पहिलो नगर अस्पताल सन्चालनमा आएपछी नगरका चौधै वडाका स्थानीयले मात्रै हैन उदयपुर जिल्लाको पश्चिम् भेग अन्तर्गत कटारी, ताराघारी, हडैया, बलिया, गिद्दावर, सिमानपुर, खोक्सा, गरास, तथा बेलसोतका स्थानीय जनतालाइ समेत राहत पुग्ने भएको छ ।

सर्प दन्स उपचारका लागि समेत सुबिधा रहेको नवनिर्मित अस्पतालको भवन उद्घाटनको दिन माघ २० गते नगरपालिकाले सबैलाई उपस्थितिको को लागि निमन्त्रणा समेत गरिसकेको नगर प्रमुखले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्