बालेनले कारबाही प्रक्रिया अघि बढाएका बसन्त अधिकारीलाई सरकारले गर्यो सरुवा
काठमाडौं।काठमाडौं महानगरपालिकाले कारबाही प्रक्रिया अगाडी बढाएका सहसचिव बसन्त अधिकारीलाई सरकारले सुरुवा गरेको छ।

कार्यपालिकाको निर्णयमा आफु खुसी थपघट गरेपछि काठमाडौं महानगरपालिकाले कार्यालय प्रवेशमा रोक लगाउंदै कारबाही प्रक्रिया अघि बढाएका सहचिव अधिकारीलाई सरकारले कामनपाको प्रमुख प्रशासकीय अधिकृतबाट मधेशी आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीसहितका अन्य कर्मचारीले कार्यपालिकाको निर्णय हेरफेर गरेर आफन्तलाई जागिर ख्वाउन खोजेको पुष्टि भएपछि नगर प्रमुख बालेन्द्र शाहले अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउंदै अन्य कर्मचारीलाई निलम्बन गरेका थिए।
सोही कारण अधिकारीको कार्यकक्षमा ताला लगाएर गाडीसमेत खोसिएको थियो ।अधिकारीको सरुवा भएसंगै राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारी सहित विभिन्न निकायमा कार्यरत २९ जना सहसचिवहरुको सरुवा गरेको हो ।

