योङ्ग स्टार प्रथम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
सोलुखुम्बु । योङ्ग स्टार प्रथम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । असार २० गतेदेखि योङ्ग स्टार कवर्ड हलमा सञ्चालित प्रतियोगिता आज सम्पन्न भएको हो ।

५ वटा विद्याका खेलहरु समावेश गरिएको प्रतियोगिताको १५ वर्षमुनिको इभेन्टसमा उदयपुर बेल्टारका जेनिस मगरले उपाधि हात पार्नुभएको छ । माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुका विप्लव राई द्धितिय, किलोन राई र युजिन राई तृतिय हुनुभएको क्लवमा महासचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै महिला डबल इभेन्टसमा शोभा गुरुङ र संगिता तामाङ प्रथम हुनुभएको छ भने रोजि राई र नुमा लिम्बुको टिम द्धितिय हुनुभएको छ ।
यस्तै टासी शेर्पा र कला राई साथै माया राई र पुष्पा मगरको टिम तृतिय हुनुभएको छ ।
भेट्रानतर्फको इभेन्टसमा राम राई र श्रवण चौधरीको टिमले प्रथम स्थान ओगट्न सफल भएको छ भने नारायण गौतम र ल्हाक्पातेन्जि शेर्पाको टिमले दोस्रो स्थान हासील गरेको छ ।
राजकुमार खत्री र दिपक राजभण्डारी साथै तुला मगर र निर्मल श्रेष्ठको टिम भेट्रानतर्फको इभेन्टसमा तृतिय स्थान ओगट्न सफल हुनुभएको छ ।
खुला सोलुखुम्बु जिल्ला स्तरीय तर्फको इभेन्ट्समा फूर्वा ग्याल्जेन शेर्पा र रविन खत्रीको टिमले सुवास थापा र सन्दिप राईको टिमलाई पछि पार्दै प्रथम स्थान गरेको छ । सुवास थापा र सन्दिप राई खुला सोलुखुम्बु जिल्ला स्तरीय तर्फको इभेन्ट्समा द्धितिय स्थान हासिल गर्नुभएको छ ।
विज्ञान राई र किरण राई साथै तुला मगर र महेश भण्डारीको टिम तृतिय हुनुभएको छ ।
खुल्ला पुरुष डबल, खुल्ला महिला डबल, सोलुखुम्बु जिल्ला स्तरीय पुरुष डबल, खुल्ला भेट्रान पुरुष डबल र १५ बर्ष मुनिको पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगिता गरि ५ वटा विधाका खेलहरु समावेश गरिएको प्रतियोगितामा विभिन्न जिल्लाका १४२ जनाले सहभागिता जनाएका थिए ।
खुल्ला पुरुष डबल र खुल्ला महिला डबलमा प्रथम र द्वितीय हुनेलाई ३५ हजार र २० हजार नगद प्राप्त गर्नेछन् भने तृतीय हुने दुई टिमले १०/१० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
यस्तै सोलुखुम्बु जिल्ला स्तरीय पुरुष र खुल्ला भेट्रान पुरुष डबल ब्याडमिन्टनमा प्रथम र द्वितीय हुनेले २० हजार र १५ हजार नगद प्रदान गरिएको छ भने तृतीय हुने दुई टिमले ५/५ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
अण्डर फिप्टीन पुरुष सिंगल ब्याडमिन्टनका प्रथम र द्वितीयले १५ हजार र ७ हजार नगद प्राप्त गर्दा तृतीय हुने दुई जनाले ३,५००/३,५०० नगद पुरस्कार प्रदान गरीएको छ भने सबै विधाका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र पनि प्रदान गरिएको आयोजक योङ्ग स्टार क्लव सोलुखुम्बुले जनाएको छ ।

