कोरोना संक्रमण : तीन साताको अस्पताल बसाईपछि घर फर्किए पूर्वडिआइजी खरेल

काठमाडौं।नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल कोरोना संक्रमणबाट निको भएका छन् ।

कोभिड संक्रमण भएका उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनी तीन सातासम्म अस्पतालमा बसेर उपचार गराएका थिए । सोमबार पुर्ण निको भएपछि उनी घर फर्केको नेपाल प्रहरी अस्पताले जनाएको छ ।
ल्याब परिक्षणमा खरेलको कोरोना नेगेटिभ आएको छ । यसअघि अक्सिजन सर्पोटमा राखिएको उनलाई अक्सिजन आवश्यक नपर्ने अस्पतालले जनाएको छ ।
जटिल प्रकारको संक्रमणको सामना गरेका कारण शरिर भने सिथिल बनाएको छ । यसअघि खरेलको भेन्टिलेटरको सहायतामा हाई फ्लो अक्सिजन दिएर उपचार गरिएको थियो।
उनलाई दुई सातासम्म भेन्टिलेटरको सहायताबाट उपचार गरिएको थियो। उनको फोक्सोमा निमोनिया देखिएको थियो।

