२०२१ भित्र सबै नागरिकलाई कोरोनाबिरुद्दको खोप उपलब्ध गराउने सरकारको तयारी



काठमाडौं।आगामी १० दिनभित्र कोरोना भाइरस विरुद्धको खोपमा उपलब्ध हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

सरकारले खोप ल्याउन कूटनीतिक पहल गरिरहेकाले आगामी १० दिनभित्र कोरोना विरुद्धको खोपमा ब्रेक थ्रु हुने ज्ञवालीले बताएका हुन् ।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा ज्ञवालीले खोप ल्याइने र १० दिनभित्रै नागरिकलाई खोप उपलब्ध गराउने बताएका हुन् ।
सरकारले २०२१ भित्र देशका सबै नागरिकलाई खोप उपलब्ध गराउने ज्ञवालीले बताए ।

उनले भने, ‘नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो । कोही पनि नगारिक खोपबाट वञ्चित हुनेछैन । २०२१ भित्र सबै नागरिकलाई खोप उपलब्ध हुन्छ । अन्य देशले समेत केही दिनमा खोपको घोषणा गर्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्