सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेर एक युवकको मृत्यु



धनगढी,१६ साउन । सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एक युवकको मृत्यु भएको छ ।

आज शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको हो । धनगढीको माया मेट्रो अस्पतालमा दिउँसो १२ बजेतिर उपचारका क्रममा कार्कीको मृत्यु भएको हो ।

कार्कीले बीएचएमको प्रवेश परीक्षा दिन गएका बेला छतबाट हाम फालेको प्रहरीले जनाएको छ । उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याइएको भएपनि महाकालीबाट धनगढी रेफर गरिएको थियो । धनगढीमा उपचारकै क्रममा उनको मृत्युु भएको हो ।

कार्कीलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको जनाइएको छ । उनले औषधिसमेत सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्