फेरि गरे अर्का युवाले आत्मदाह प्रयास, सर्लाहीबाट हेलिकप्टरमा काठमाडौं ल्याईयो



काठमाडौं,२६ असार । काठमाडौंमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएकै दिन शुक्रबार सर्लाही जिल्लाका एक युवाले शुक्रबार आत्मदाह प्रयास गरेका छन् ।

शुक्रबार सर्लाहीको गडौता नगरपालिका- १० का ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए ।आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल मलंगवामा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

बिहीबार दिउँसो शरीरमा उनले पेट्रोल खन्याएर आगो लगाएका हुन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्