देउवा निकट समूहको पूर्वपदाधिकारीहरूको बैठक आज बस्दै



काठमाडौं,२६ असार । नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले शुक्रबार पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकमा समूहका पूर्वपदाधिकारीहरू सहभागी हुनेछन् । बैठकमा आगामी साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई छुट्टै र भव्य रूपमा आयोजना गर्ने विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।

नेता डा. प्रकाशशरण महतका अनुसार, स्मृति दिवस सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने निर्णय बैठकबाट गरिनेछ ।बैठकमा कांग्रेसभित्रको आगामी राजनीतिक गतिविधिका रूपमा प्रस्तावित राष्ट्रिय भेलाका विषयमा पनि प्रारम्भिक छलफल हुने महतले जानकारी दिएका छन् ।पछिल्लो समय कांग्रेसभित्र विभिन्न समूहहरू आ–आफ्नो रणनीति बनाउन सक्रिय भइरहेका बेला देउवा पक्षले बोलाएको यो बैठकलाई पार्टीको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक तयारीसँग जोडेर हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्