१५ बर्षीय बालिका बलात्कारको आरोपमा एकजना पक्राउ



दाङ,१७ असार । दाङमा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय वामदेव विक रहेका छन् ।

उनलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यलाय दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्