संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरो : एक स्वास्थ्य केन्द्रसहित २८ घरपरिवार विस्थापित



काठमाडौं,१६ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि खसेको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घरपरिवार विस्थापित भएका छन् । तल्लो र माथिल्लो तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई र विन्दुर राईको परिवार विस्थापित भएको जानकारी दिए ।

तेन्छोङको सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा परेको छ । माथिल्लो तेन्छोङमा कुन्ती राई, धनपूर्ण राई, मंगलबहादुर राई, सुकप्रसाद राई, मीरा राई र धनमान राईको परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्