शिक्षण अस्पताल महाराजगन्जमा भोलिदेखि स्वास्थ्य बिमा अन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालनमा आउँदै
काठमाडौं,१४ भदौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आगामी २०८३ असार १५ गतेदेखि बीमा अन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो।

अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपिडी टिकट वितरणका लागि निश्चित समय समेत तोकिएको छ। सेवाग्राहीले बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म र दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्।
अस्पताल प्रशासनले स्वास्थ्य बीमासम्बन्धी थप जानकारी वा कुनै समस्या परेमा अस्पतालको स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न सेवाग्राहीहरूलाई आग्रह गरेको छ। यसका लागि स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा शाखाकी प्रमुख डा. भावना घलेलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

