सुकुम्बासी बस्तीमा डोजर होइन, हुकुमबासीको मानसकितामा प्रहार गर्न सरकारलाई राप्रपा नेता शाहीको सुझाव



काठमाडौं,२९ बैशाख । राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुकुम्बासी बस्तीमा डोजर होइन, हुकुमबासीको मानसकितामा प्रहार गर्न सरकारलाई सुझाव दिएका छन् ।

सुकुम्बासी बस्तीमा डोजर चलाउँदा समय नदिएकोमा विरोध जनाउँदै उनले मंगलबारको प्रतिनिधिसभाको बैठकमा सरकारलाई त्यस्तो सुझाव दिएका हुन्।

आफू सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्छ भन्ने पक्षमा रहेको उनले बताए । ‘अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्नेमा म पटक्कै छैन । बागमती किनारको बस्ती नदीको ठाउमा छ सरकारी सम्पत्ति हडपेका छन्, त्यो हटाउनपर्छ भन्ने मान्यता राख्छु ।

तर, सरकार हो कि आतंकवादी हो ? कति दिनको समय ? म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु– तपाईं बसेको घर २४ घण्टामा खाली गर्न सक्नुहुन्छ ? सक्नुहुन्छ डेरा सार्न त्यसको समय छैन ?,’ उनले भने, ‘सरकारी सम्पत्ति जोगाउनुपर्छ । तर, मानवीय बस्तीमा डोजर चलाउँदैमा विकास हुँदैन ।

प्रतिक्रिया दिनुहोस्