रास्वपाले ३० गतेका लागि बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं,२८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठक यही वैशाख ३० बुधबार बस्ने तय गरिएको छ । बैठकको स्थान र समय भने तोकिएको छैन । यसैगरी पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ। रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते हुने भएको छ। रास्वपाले केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको छ।
यस्तो छ कार्यतालिका :
२०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा)
जेठ ३ : वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)
जेठ ९ : पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)
जेठ १० : पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)
जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)
जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)

