वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सरकारको सिफारिस



काठमाडौं,२२ बैशाख । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्