सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
काठमाडौँ,१८ बैशाख । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अर्को अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जारी गर्न सिफारिस गरेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो । सरकारले राष्ट्रपति कार्यालयमा जारी गर्नका लागि सिफारिस गरेको यो आठौँ अध्यादेश हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले नयाँ अध्यादेशको रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको जानकारी दिए ।
उनले अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ८ अध्यादेश जारी गर्नका लागि सिफारिस भएर राष्ट्रपति कार्यालयमा पुगेको र २ अध्यादेश जारी भएको जानकारी दिए ।
बाँकी ६ अध्यादेश भने अध्ययनको क्रममा रहेको उनले बताए । हालसम्म राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरिसकेका हुन् ।

